बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

आइतबार, ०८ भदौ २०७६, ०९ : २८
आइतबार, ०८ भदौ २०७६

काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

आइतबार बिहान राष्ट्रपति निवास शीतल निवासमा दुई जनाबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेको अवस्थामा राष्ट्रपति भण्डारीले प्रचण्डलाई भेटका लागि बोलाएकी हुन् ।

पछिल्लो समय पार्टीभित्रको विवाद मिलाउन समेत भूमिका खेलेकी राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच समसामायिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप