रिलीज अघि नै ‘साहो’ले तोड्यो ‘बाहुबली–२’ को रेकर्ड
आइतबार, ०८ भदौ २०७६, ०८ : २४

‘बाहुबली–२’ रिलीज भएको २ वर्षपछि साउथ इन्डियन फिल्मका सुपरस्टर प्रभास सिल्वर स्क्रीनमा एक्शन थ्रिलर फिल्म ‘साहो’ लिएर फर्किएका छन् । मल्टिस्टारर फिल्मलाई लिएर दर्शकहरुमा निकै उल्लास छाएको छ ।
यो फिल्म हिन्दी, तमिल र मलयालम गरी तीन भाषामा एकैसाथ रिलीजमा आउन लागेको छ । ‘साहो’लाई नर्थ इन्डियामा ४५०० वटा स्क्रिनमा रिलीज गरिनेछ ।
भारतीय मिडियाका अनुसार ‘साहो’ तामिलनाडुमा करीब ५५० वटा स्क्रिनमा रिलीज हुनेछ । यो भन्दा पहिले ‘बाहुबली–२’ राज्यका ५२५ वटा मात्रै स्क्रिनमा रिलीज भएको थियो ।
यसैबीच, ‘साहो’ को तेलुगू थियेट्रिकल राइट्स १२५ करोड भारतीय रुपियाँमा बिक्रि भएको छ । यसले पनि ‘बाहुबली–२’ को रेकर्ड तोड्न सफल भएको छ । राजामौलीको फिल्म ‘बाहुबली–२’ तेलुगू राइट्स १२२ करोड भारतीय रुपियाँमा विक्री भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौरी पालेर वार्षिक आठ लाखभन्दा बढी आम्दानी
-
सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै
-
पहलगाम हमला : नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
-
भुवनेश्वर कुमार बने आईपीएलमा दोस्रो सर्वाधिक विकेट लिने बलर
-
जेएनयू विद्यार्थी संघ चुनाव: अध्यक्ष सहित तीन पदमा वामपन्थी विजयी
-
क्यानडामा कारले ठक्कर दिँदा मृत्यु हुनेको संख्या ११ पुग्यो