रिलीज अघि नै ‘साहो’ले तोड्यो ‘बाहुबली–२’ को रेकर्ड
आइतबार, ०८ भदौ २०७६, ०८ : २४
‘बाहुबली–२’ रिलीज भएको २ वर्षपछि साउथ इन्डियन फिल्मका सुपरस्टर प्रभास सिल्वर स्क्रीनमा एक्शन थ्रिलर फिल्म ‘साहो’ लिएर फर्किएका छन् । मल्टिस्टारर फिल्मलाई लिएर दर्शकहरुमा निकै उल्लास छाएको छ ।
यो फिल्म हिन्दी, तमिल र मलयालम गरी तीन भाषामा एकैसाथ रिलीजमा आउन लागेको छ । ‘साहो’लाई नर्थ इन्डियामा ४५०० वटा स्क्रिनमा रिलीज गरिनेछ ।
भारतीय मिडियाका अनुसार ‘साहो’ तामिलनाडुमा करीब ५५० वटा स्क्रिनमा रिलीज हुनेछ । यो भन्दा पहिले ‘बाहुबली–२’ राज्यका ५२५ वटा मात्रै स्क्रिनमा रिलीज भएको थियो ।
यसैबीच, ‘साहो’ को तेलुगू थियेट्रिकल राइट्स १२५ करोड भारतीय रुपियाँमा बिक्रि भएको छ । यसले पनि ‘बाहुबली–२’ को रेकर्ड तोड्न सफल भएको छ । राजामौलीको फिल्म ‘बाहुबली–२’ तेलुगू राइट्स १२२ करोड भारतीय रुपियाँमा विक्री भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण