पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरणः ‘गलफ्रेन्ड’ भेट्न कोठा भाडामा

चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ।
श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो।
महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ। प्रहरीले टोखा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो।
पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बरामद गरेको रोबहरमा बसेका वडाध्यक्ष अधिकारीले बताए। यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एकीकृत समाजवादीको कार्यालय राजावादीले जलाए
-
तीनकुने क्षेत्रमा प्रहरीको माइकिङः कर्फ्यू लाग्दैछ, घर जानू
-
तीनकुनेमा झडपपछि देखिएनन् राजावादी नेताहरु, फेसबुकबाट दुर्गा प्रसाईले गरे यस्तो आग्रह
-
एकीकृत समाजवादीको कार्यालयभित्र पसे आन्दोलनकारी, कागजपत्र र फर्निचर बाहिर ल्याएर जलाए
-
एकीकृत समाजवादीको कार्यालयमा तोडफोड
-
केपी ओली नर्कमा गए, उनलाई उल्टो गुरु मान्नुपर्छ : प्रचण्ड