शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिंगापुरमा प्रधानमन्त्रीको उपचारः  मिर्गौला पुनः फेर्न सकिने

आइतबार, ०८ भदौ २०७६, ०७ : ०३
आइतबार, ०८ भदौ २०७६

करोडौं नेपालीलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे धेरैले प्रश्नसमेत गरिरहेका छन्, ‘प्रधानमन्त्रीलाई कस्तो होला ?’ 

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले भने सिंगापुरमा प्रधानमन्त्रीको नियमित उपचार प्रक्रिया थालिएको र उनको अवस्था सामान्य रहेको जानकारी दिए । डा. शर्माका अनुसार प्रधानमन्त्री ओलीको सिंगापुरस्थित न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू)मा उपचार प्रक्रिया थालिएको छ । एन्टिबडी शरीरबाट हटाउने प्रक्रिया सुरु भएको छ । ‘उहाँको उपचार प्रक्रिया सुरु भइसकेको छ र उहाँ पूर्ण रूपमा खतरामुक्त हुनुहुन्छ,’ शर्माले राजधानीसँग भने ।

प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार थालिएको डा. शर्माले जानकारी दिए ।
मिर्गाैला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले प्रधानमन्त्री ओलीको ट्रान्सप्लान्ट गरिएको मिर्गौला बिस्तारै कमजोर भएको बताए ।  

मिर्गौला पुनः फेर्न सकिने

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले उपचार विधिबाट प्रधानमन्त्री सामान्य अवस्थामा आउने या पुनः मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भन्ने निक्र्योल हुने बताए । उनले भने, ‘उहाँका मुटु, फोक्सोलगायतका अंग स्वस्थ छन् । उहाँको शरीरमा इन्फेक्सन पनि भएको छैन । तसर्थ, मिर्गाैला प्रत्यारोपण गर्नुपरे पनि प्रधानमन्त्री सक्षम हुनुहुन्छ । सजिलै प्रत्यारोपण हुन सक्छ ।’ यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप