सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

भ्रमण वर्ष : न प्रचार न पूर्वाधार !

आइतबार, ०८ भदौ २०७६, ०६ : ५३
आइतबार, ०८ भदौ २०७६

गण्डकी प्रदेश सरकारले पहिलो प्राथमिकतामा पर्यटनलाई राखेको छ । यसो त यो पर्यटकीय हब नै हो । सरकारले पर्यटकलाई प्राथमिकता दिएर ५ वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । 

सन् २०१९ लाई अन्तरिक पर्यटन वर्ष-२०२० लाई छिमेकी मुलुक पर्यटन वर्ष र २०२२ लाई बृहत् अन्तर्राष्ट्रियस्तरको पोखरा पर्यटन वर्ष मनाउँदै २० लाख पर्यटन भित्राउने उसको लक्ष्य छ । तर आन्तरिक पर्यटन वर्षको ६ महिना बित्दापनि कुनै पर्यटन मन्त्रालयले कुनै ठोस योजना ल्याएको छैन । 

नेपाल भ्रमणवर्ष संघीय सरकारकै लक्ष्य भएपनि अहिलेसम्म प्रदेश सरकारसँग कुनै सहकार्य नरहेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रालयले जनाएको छ । सरकार नीतिमै अल्झिएको छ ।  

न प्रचार गरेको छ त न पूर्वाधारमै ध्यान दिएको छ । यो समाचार कान्तिपुर दैनिकमा प्रतीक्षा काफ्लले लेखेकी छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप