शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल

आइतबार, ०८ भदौ २०७६, ०६ : १०
आइतबार, ०८ भदौ २०७६

वि.सं.२०७६ साल भाद्र ०८ गते । आईतबार । ईश्वी सन् २०१९ अगष्ट २५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि दशमी,५० घडी ५० पला ,रातको ०१ बजेर ५९ मिनेट उप्रान्त एकादशी । नक्षत्र मृगशिरा,४६ घडी ४० पला,रातको १२ बजेर १९ मिनेट उप्रान्त आद्रा । योग हर्षण,१५ घडी २० पला,बिहान ११ बजेर ४७ मिनेट उप्रान्त बज्र । करण वणिज,दिउसो ०२ बजेर ३० मिनेट उप्रान्त भद्रा,रातको ०१ बजेर ५९ मिनेट उप्रान्त बव । आनन्दादिमा सौम्य योग । चन्द्रराशि बृष,मध्यान्ह १२ बजेर २७ मिनेट उप्रान्त मिथुन  । 

काठमाडौंमा सूर्योदय ०५ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३० मिनेट । दिनमान ३२ घडी ०९ पला ।
 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । लेखन कलाको माध्ययमले आफ्ना भनाईहरु जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपार्ईँ आफ्नै पक्षमा पार्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जागर आउनेछ । प्रणय सम्बन्धमा बिस्वासको वाताबरण बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु हुनेछन् ।  

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेवल तथा विलासी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानीगर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा मनजाने हुनाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बिच घनिष्टता बढेर जानेछ । दिगो फइदा हुने व्यावसायमा लगानी गरि आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ । रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । बिहानको समयमा लामो दुरिको यात्रा हुने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयको सहि सदुपयोग गरि विदेशि लगानीहरु ल्याई रोजगारका अवसरहरु बढाउन सकिनेछ । कर्म प्राप्तिको लागि लामो दुरिको विदेश यात्रा हुने सम्भावनालाई नकार्न सकिदैन । व्यावसायबाट भनेजस्तो आम्दानी नहुने हुदा थप काम गर्न जागर हराएर जानेछ । घरमा आफन्त विचनै मनमुटाव बढ्ने योग रहेकोछ भने माया प्रेममा धोका हुन सक्छ सचेत रहनुहोला । बिहानको समय उत्तम रहेकोले पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ भने चाहेका उपलब्धिहरु हासिल गर्न सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) रुपैया पैसा कमाउने काममा सहभागि हुन सकिनेछ । व्यावसायमा प्रसस्त आम्दानीहुने तथा आम्दानीका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पति हात लाग्ने योग रहेको छ । दाजुभाईबाट भने जस्तो सहयोग पाइने  हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा एक कदम अगाडी बढि सफलता हात पार्न सकिनेछ । आफूले सोचेका तथा चाहेका वस्तुहरुको प्रयोग गर्न पाउदा मन प्रफुल्लित हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाइने  हुनाले कामगर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुनेयोग रहेको छ । समस्याहरुको समाधान गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा लगानी गर्न केहि समय कुर्नुनै पर्नेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला ।  समयमा काम नसकिने हुँदा विलम्ब शुल्क तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा नजिकका मानिसबाट कामका धोका हुनेछ । संगत गर्दा ध्यान दिनुहोला गलत मानिसको फन्दामा परिन सक्छ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा बिचार गर्नुहोला कष्टकर पनि हुन सक्छ । साझपख समय राम्रो रहेकोले व्यापारमा वृद्धि हुनेछ भने गीत संगीतमा रुची बढ्नेछ ।
 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै बिफल हुनुपर्दा तनाब बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरि चेलि माईतिसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा गृहकार्यहरु थाति रहनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच मनमुटाव सिर्जना हुने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसाय फस्टाएर जानेहुनाले अन्य व्यावसायमा पनि लगानी गर्ने अवसर आउनेछ । बिद्यार्थीहरुले पढाइ लेखाइमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । सत्रु परास्त हुने तथा कुनै पनि न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा फैसला हुने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । सुख दुखमा साथ दिनेहरु भेटिने हुदा मन प्रशन्न रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा मन जानेछ भने सफल हुनेसुत्र पत्ता लगाउँन सकिने हुँदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानी गरि मनग्गे धन तथा सम्पति कमाउन सकिनेछ भने स्कूल कलेजमा गरिएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँनेछ । आकस्मिक धन तथा सम्पति हात लागि हुनेयोग रहेकोछ । आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय अनुकूल नहुनाले आमा तथा परिवारका सदस्यहरु तपार्ईँदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । बिद्यार्थीहरुले पढाइ लेखाइमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ । राजनीति तथा समाजसेवामा अलिबढि गम्भिरता अपनाउँनुहोला आलोचना गर्नेहरु सक्रिय रहनेछन् । कृषि पेशा अपनाउँनेहरुले मनग्गे रुपैयापैसा संग्रह गर्न सक्नेछन् । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने कुनै काम गर्दै हुनुहुन्छ भने बिहानको समय उत्तम रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप