शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चेल्सीको पहिलो जित

शनिबार, ०७ भदौ २०७६, २१ : ३१
शनिबार, ०७ भदौ २०७६

एजेन्सी – इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पहिलो जित निकालेको छ । शनिबार साँझ भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ३–२ गोलले हराएको हो । 

प्रतिस्पर्धात्मक खेलमा चेल्सीको जितमा टमी अब्राहमले दुई र मिसन माउन्टले एक गोल गरे । घरेलु टोली नर्विचका टोड कान्टवेल र टेमु पुक्कीले  एक एक गोल गरेका थिए । चेल्सीले तेस्रो मिनेटमा अब्राहमको गोलबाट अग्रता लिएको थियो । 

तीन मिनेट लगत्यै घरेलु टोलीको तर्फबाट कान्टवेलले बराबरी गोल फर्काए । १७ औँ मिनेटमा माउन्टले पुनः चेल्सीलाई अग्रता दिलाए । ३१ औँ मिनेटमा पुक्कीको गोलसँगै नर्विचलाई खेलमा फर्काएका थिए । 
त्यसपछि ६८औ मिनेटमा अब्राहमले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको जित पक्का बनाए । जितसँगै चेल्सीले तीन खेलबाट चार अंक बनाएको छ । नर्विचको समान खेलबाट तीन अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप