
लेखकको निधनप्रति देउवाद्वारा दुःख व्यक्त
काठमाडौं – नेपाली काङ्ग्रेसले पार्टीका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री रमेश लेखकका बुबा प्रयागदत्त लेखकको निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले शानिबार शोक विज्ञप्ति जारी गरी लेखकको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
‘लेखकको निधनले मलाई स्तब्ध, दुःखी र मर्माहत बनाएको छ, लेखकले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सभापति देउवाले लेखकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना तथा शोक सन्तप्त केन्द्रीय सदस्य रमेश लेखकसहित परिवारजनप्रति समवेदना प्रकट गरेको छन् ।
कञ्चनपुरको बेदकोट नगरपालिका–८ निवासी लेकखको शुक्रबार राति उपचारको क्रममा काठमाडौंको नर्भिक अस्पतालमा ८७ वर्षको उमेरमा निधन भएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ