शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विमानस्थल र मोनोरेल सञ्चालनपछि लुम्बिनीमा पर्यटक ओइरिन्छन्ः मन्त्री गिरी

शनिबार, ०७ भदौ २०७६, १७ : २९
शनिबार, ०७ भदौ २०७६

बटवल । प्रदेश ५ का उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले भैरहवामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन र मोनो रेल सञ्चालनपछि लुम्बिनीमा पर्यटकको ओईरो लाग्ने दाबी गरेका छन् ।

विमानस्थल सञ्चालन र लुम्बिनीसंगै जोडिएका बुद्धस्थलहरुमा मानोरेल सञ्चालन पछि पर्यटक ओइरिने भन्दै उनले त्यसका लागि आवश्यक पुर्वधार निर्माण गर्न सरकार लागि परेको बताए ।

शनिबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री गिरीले  बाहिरी देशका सिधा सिधा उडान भैरहवामा हुदा बढि भन्दा बढि पर्यटक आउने बताए ।

पर्यटकको बसाई लम्बाउने खालका योजना र उनीहरुलाई राख्न स्तरिय होटल अझै आवश्यक रहेको समेत प्रष्ट पारे । 
प्रदेश सरकारले सुरु गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ सफल भइरहेको दाबी गरे । 

क्वाक्कले बनाएको गुरुयोजनामा लुम्बिनी संग जोडिएका क्षेत्रहरु समेत रहेको भन्दै संरचना निर्माणका लागि जग्गा अधिग्रहण गर्नुको विक्लप नभएको उनले बताए । उनले लुम्बिनीको विकास हुनुले त्यहाँका जनताको जीवन स्तर माथी उठ्नु रहेको भन्दै विकासमा अवरोध गर्नु कसैका लागि पनि राम्रो नहुने बताए ।

उनले चिनका बिभिन्न प्रान्तसंग सरकारले भगिनी सम्बन्ध स्थापना गरेको भन्दै प्रदेशलाइ समृद्ध बनाउन चीनसंग सहकार्य गरिने बताए । 

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य फकरुद्दिन खाँनले लुम्बिनी बाहिर पनि सरकारले जग्गा अधिग्रहण गर्न लागेको हल्ला फैलिएको भन्दै अब लुम्बिनीका जनताले जग्गा नदिने बताए । 

बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष नवराज कुँवरले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले पुर्वधारमा लगानी गर्न आग्रह गरे । सरकारले ठोस योजना ल्याउन नसकेको बताए ।

चिनियाँ पर्यटक भित्राउँनको लागि चिनिया भाषामा ज्ञानको आवश्यकता रहेको हुँदा चिनिया भाषाको प्रशिक्षणको आवश्यकता रहेको श्रेष्ठको भनाइ छ । त्यस्तै चिनिया जानकार  मोहन भण्डारीले चिनका विभिन्न प्रान्तसँग गरिएको भागिनी सम्बन्ध नेपालको विकासको कोषेढुङ्गा सावित हुने बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप