पहिरोमा श्रीमती र दुई छोरा गुमाएकालाई प्रदेश सरकारको छ लाख राहत

खोटाङ । पहिरोमा श्रीमती र दुई छोरा गुमाउनुभएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई १ नम्बर प्रदेश सरकारले राहत प्रदान गरेको छ ।
गत असार २७ गते घरमाथिबाट झरेको पहिरोले घर बगाउँदा श्रीमती रेखा राई, चार वर्षीय छोरा रोमन र सात महिने शिशु रोजन गुमाउनुभएका विष्णुकुमारलाई प्रदेश सरकारले राहत स्वरुप रु छ लाख प्रदान गरेको हो ।
राहत रकमको चेक प्रदेशसभा सदस्य उषाकला राईले आज खोटेहाङ गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पहिरो पीडित विष्णुमारलाई हस्तान्तरण गर्नुभएको जनाइएको छ ।
प्रदेश सरकारले प्रति मृतकलाई रु दुई लाख राहत उपलब्ध गराउने निर्णय अनुसार विष्णुकुमारलाई तीन जनाको रु छ लाख प्रदान गरिएको हो ।
पहिरो पीडित राईलाई प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले भदौ ४ गते जिल्ला प्रशासन कार्यालय खोटाङलाई राहत रकम बापतको चेक पठाएको थियो ।
घर तथा आफन्त गुमाएर एक्लिएका विष्णुकुमारलाई प्रदेश सरकारले महिना दिनपछि मात्र राहत रकम उपलब्ध गराएको हो ।
विष्णुकुमारको सहज जीवनयापनका लागि भन्दै महेन्द्रनगर सुनसरी सेवा समाज कतारले पनि केही समयअघि रु ४० हजार प्रदान गरेको थियो । श्रीमती र दुई छोरासँगै पहिरोमा पुरिनुभएका विष्णुकुमारलाई आफन्तले उद्धार गरेर बचाएका थिए ।
पहिरोमा पहिरोका कारण सर्वस्व गुमाउनुभएका विष्णकुमारलाई गाउँपालिकाले पनि किरिया खर्च तथा अन्य खर्च प्रदान गरेको थियो ।
पहिरो पीडितलाई प्रदेश सरकारको राहत हस्तान्तरण गरेपछि वर्षा र पहिरोका कारण अवरुद्ध सडक तथा खानेपानी सञ्चालनका विषयमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा इजरायलको आनाकानी, राखियो सर्त
-
बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि आवेदन आह्वान
-
नेपाल नर्सिङ परिषदद्वारा पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना