सेन्ट्रल जोन भलिबलमा कीर्गिस्तान च्याम्पियन
शनिबार, ०७ भदौ २०७६, १६ : ३८
काठमाडौं–पाँचौं एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उपाधि कीर्गिस्तानले जितेको छ । लगनखेलस्थित सेनाको कभर्ड हलमा शनिबार भएको फाइनलमा कीर्गिस्तानले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।
कीर्गिस्तानले २६–२४, २७–२५, २५–१९ को नतिजा निकालेको थियो । कीर्गिस्तानले यो दोस्रो पटक उपाधि हो । यसअघि कीर्गिस्तानले तेस्रो संस्करणको उपाधि जितेको थियो । भदौ २ गते देखि सञ्चालित प्रतियोगितामा आयोजक नेपालसहित सात देशको सहभागिता रहेको थियो ।
प्रतियोगितामा तुर्कमिनिस्तान तेस्रो भयो । माल्दिभ्स चौथो, नेपाल पाँचौं, अफगानिस्तान छैटौ र बंगलादेश सातौं स्थानमा रह्यो । सेन्ट्रल जोनको छैटौं संस्करण आगामी बर्ष बंगलादेशमा आयोजना हुने काठमाडौंमै शुक्रबार बसेको एभिसीको साधारण सभाले निर्णय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु