शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्रकले साइकलयात्रीलाई किच्दा एक जनाको  मृत्यु

शनिबार, ०७ भदौ २०७६, १४ : ३६
शनिबार, ०७ भदौ २०७६

बुटवल । रुपन्देहीको बुटवलस्थित ट्राफिक चोकमा ट्रकले साइकल यात्रीलाई किच्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

लु २ ख ६८४ नम्बरको ट्रकले आज दिउँसो किच्दा साइकलमा सवार  पाल्पा रैनादेवी गाउँपालिका – ७ बस्ने २५ बर्षीय पुर्ण बहादुर रास्कोटीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोही स्थानका ३६ वर्षीय थम्मन सिंह रास्कोटी भने घाइते भएका छन् । घाइतेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । 

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप