शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको निधन

शनिबार, ०७ भदौ २०७६, १४ : ११
शनिबार, ०७ भदौ २०७६

नयाँदिल्ली– भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको छ । उनी ६६ वर्षका थिए । 

शनिबार एम्सले एक विज्ञप्ती जारी गर्दै जेट्लीको निधनमा भएको पुष्टि गरेको छ । विज्ञप्ती भनिएको छ ,‘ अत्यन्त शोकका साथ हामी श्री अरुण जेट्लीको दुःखद निधनको जानकारी गराउछौं ।’

अरुण जेट्ली पछिल्लो दुई वर्षदेखि अस्वस्थ थिए । सन् २०१८ मा अरुणको मिर्गौला प्रत्यारोपण शल्यक्रिया गरिएको थियो । त्यस बेलादेखि नै उनलाई भीडमा नजान सल्लाह दिइएको थियो । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा अरुणलाई मोदीको विश्वास पात्रको रुपमा हेरिन्थ्यो । त्यस अवधिमा अरुणलाई अर्थ मन्त्रालयबाहेक पदाधिकारीविहिन भएको जुनसुकै मन्त्रालयको जिम्मेबारी दिइएको देखिएको थियो ।

अर्थमन्त्रीको रुपमा नरेन्द्र मोदीको पहिलो प्रधानमन्त्रीत्वकालको सबै पूर्ण बजेट अरुणले पेस गरेका थिए । तथापि उनको स्वास्थमा समस्या आएपछि सन् २०१९ को अन्तरिम बजेट उनका सहकर्मी पियुष गोयलले प्रस्तुत गरेका थिए । 

वकालत मुल पेसा रहेका अरुण जेट्लीले अटल विहारी बाजपेयी क्याबिनेटमा पनि रहेका थिए । 

इन्दीरा गान्धीले इमेजेन्सी लगाउदाँ अरुण विद्यार्थी नेताको रुपमा पक्राउ परेका थिए । 

जेलबाट छुटेर उनले जन संघबाट सक्रिय राजनीति सुरु गरेका थिए । जन संघ विघटन भएर भाजपा बनेपछि उनले सोही पार्टीबाट आफ्नो राजनीति अघि बढाए । 

सन् २००९ देखि सन् २०१४ मा भाजपा विपक्षमा रहदाँ, अरुण जेट्ली राज्य सभामा विपक्षी दलका नेता थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप