एनएपीसीको अध्यक्षमा पुनः पौडेल
नेसनल एकेडेमिक अफ मेडिकल साइन्स (नाम्स)का डा. विष्णुदत्त पौडेल नेपाल प्यालेटिभ सेवा समाज(एनएपिसी) अध्यक्षमा पुनः निर्वाचित भएका छन् ।
आज ललितपुरमा सम्पन्न १० औं वार्षिक साधारणसभा तथा पाँचौं सम्मेलनले संस्थाको महासचिवमा बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलका परामर्शदाता डा.कृष्णसागर शर्मालाई निर्वाचित गरेको छ ।
त्यसैगरी संस्थाको वरिष्ठ उपाध्यक्षमा बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलकै उसा थापा तथा वीर अस्पतालका डा सन्ध्या चापागाइँ र सहसचिवमा सुशील सिंह निर्वाचित भएका छन् । सदस्यहरुमा सबिता पन्थी, डा दिनेश धिताल, डा प्रदीप न्यौपाने, डा सुधीर सापकोटा र अर्चान्त श्रेष्ठ रहेका छन् ।
एनएपिसीले राष्ट्रिय उपचार रणनीति तथा नीतिमा सरकारलाई सहयोग पु¥याउँदै आएको छ । यसले प्रत्येका वर्ष राष्ट्रिय स्वास्थ्य प्रशिक्षण केन्द्रमा विभिन्न तालिम सञ्चालन गर्दै आएको छ । पछिल्लो समय विकसित देशका विभिन्न विश्वविद्यालयसँग सहकार्य गरेर अनुसन्धान तथा घरमै गरिने विधीमा विषयमा काम गर्दै आएको एनएपिसीले जनाएको छ । प्यालेभेटिभ, सहयोग र आश्रयमै गरिने उपचारका क्षेत्रमा काम गर्ने उद्देश्यले सन् २००९ मा एनएपिसी स्थापना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन : इलाम र बझाङका ३० जना उम्मेदवारहरूको भाग्यको फैसला आज
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी