रवि लामिछानेलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (१९ तस्बिरमा हेर्नुहोस्)
शनिबार, ०७ भदौ २०७६, १३ : २१
काठमाडौं । टेलिभिजनकर्मी रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै शनिबार राजधानीको माइतीघरमा प्रदर्शन गरिएको छ । भ्रष्टाचार, बेथिति, अन्याय र लुटतन्त्रविरुद्ध भन्दै नेपालका लागि नेपाली नामक समूहले प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा उनीहरुले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेको कुनै संलग्नता नभएपनि फसाउन खोजिएको दाबी गरेका थिए ।
साउन २० मा पुडासैनी चितवनमा मृत अवस्थामा फेला परेपछि सार्वजनिक भएको भिडियोका आधारमा लामिछानेसहित अस्मिता कार्की र पत्रकार युवराज कँडेल पक्राउ परेका थिए ।
उनीहरु पक्राउ परेसँगै रवि समर्थकले निरन्तर रिहाइको लागि दवाव दिँदै आन्दोलन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
राजधानीको चन्द्रागिरिमा सुमो दुर्घटना
-
हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण