बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको राजस्थानमा एसिड बोकेको ट्यांकर भ्यानमाथि पल्टिँदा एकै परिवारका ९ को मृत्यु

शनिबार, ०७ भदौ २०७६, १३ : ०८
शनिबार, ०७ भदौ २०७६

एजेन्सी । भारतको पूर्वी राज्य राजस्थानस्थित राजसमन्द जिल्लामा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । 
राजसमन्द जिलको देसुरीमा एक ट्यांकर अनियन्त्रित भएर कारमाथि पल्टिदाँ नौ जनाको मृत्यु भएको हो । 
दुर्घटनामा मर्ने सबै एकै परिवारको भएको बताइएको छ ।  ट्यांकरले भरी एसिड बोकेको थियो । 
भ्यानमा सवार परिवार जिल्लाको शाहपुरा कस्बेबाट घुम्नको लागि निक्लिएका थिए । मृत्यु हुनेमा तीन बच्चा, दुई महिला र चार पुरुष रहेका छन् । 
दुर्घटनापछि पल्टिएको ट्यांकरबाट एसिडको पोखिएकाले स्थानीय मानिस सहायताको लागि हच्किएका थिए । दुर्घटनाको तीन घण्टापछि मात्र शवलाई बाहिर निकालिएको थियो । 
अनुसन्धानबाट भ्यानमा सबार सबैको ज्यान गएको पाइएको छ । दुर्घटनाले गर्दा पाँच घण्टासम्म सडक जाम भएको थियो । यसले गर्दा सकडको दुवै तर्फ वाहनको लामो लाइन लागेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप