शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गजल : आदत

शनिबार, ०७ भदौ २०७६, ११ : २७
शनिबार, ०७ भदौ २०७६

- पिपला ढुङ्गाना

मुटुभित्र  दुखाउने घाउ त्यो पुरानै
 दुखाएरै जाने उसको दाउ त्यो पुरानै !!

विर्सन त खोजेँ तर भनेजस्तो कहाँ
 डुबाउने जिन्दगीको तलाउ त्यो पुरानै !!

तिर्नु थियो थोरै ऋण जीवन बाँच्ने सिकाइको
लिलामी नै  गर्यो आखिर साहु त्यो पुरानै !!

फर्कन्छु लौ भन्छु र नि किन तान्छ यो सहरले
बिर्साएर आफ्नो प्यारो गाउँ त्यो पुरानै !!

मेट्छु मेट्छु भने पनि मर्नु गाह्रो हुने रैछ
निकाल्नलाई अन्तरमनको छाउ त्यो पुरानै !!
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप