नवलपरासीमा २ जना फरार अभियुक्त पक्राउ
![नवलपरासीमा २ जना फरार अभियुक्त पक्राउ](https://rpcdn.ratopati.com/media/albums/arrest-pakrau-handcuff-jail_fnrOCbJnR7.jpg)
परासी। जिल्ला प्रहरी कार्यालयल पश्चिम नवलपरासीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । कर्तब्य ज्यान मुद्दामा फरार रहेको सुनवल नगरपालिका ११ बस्ने ३७ बर्षिय गोविन्द प्रसाद कुमाललाई ११ बर्षपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेश अनुसार पुर्पपक्षका लागि कारगार पठाएको जनाएको छ ।
कुमाल ११ बर्ष अगाडी साविक रामनगर ५ बस्ने लाल बहादुर सुनार र कमल सुनारलाई फलामे रड हानी गम्भीर घाईते बनाई फरार भएका थिए । गम्भीर घाईते मध्ये कमल सुनारको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले कर्तब्य ज्यानको मुद्दा चलाई कुमालको खोजतलास गरिरहेको थियो । अभियुक्त कुमाललाई प्रहरीले उनको घर नजिकैबाट पक्राउ गरेको हो ।
त्यस्तै जबजस्तीकरणी मुद्दामा फरार जिल्लाको प्रतापपुर गाउँपालिका १ बस्ने अशोक केवटलाई पनि पक्राउ गरि अनुसन्धान थालेको छ । केवट २०७५ फागुन २८ गते परिवर्तित नाम एस भन्ने २२ बर्षिय युवतिलाई बर्दघाट नगरपालिका १३ धनेवा स्थित उखुबारीमा जबरजस्ती करणी गरि फरार भएका थिए ।
प्रहरीले पिडितको जाहेरी पाएपछि फरार अभियुक्त केवटको खोजतलाश गरिरहेको थियो । प्रहरीले सुचनाका आधारमा केवटलाई भदांै ६ गते उनकै घर नजिकबाट पक्राउ गरि थप अनुसन्धा थालेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिउँदमा मनाङ घुम्न आए ४६ देशका पर्यटक
-
कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन
-
सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध विराटनगरमा प्रदर्शन
-
काठमाडौँ महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड दिने
-
दोलखाको सैलुङबाट देखिएका हिमशृङ्खला, तस्बिरहरु
-
पहिरोमा परेर मृत्यु भएका अनुपमको स्मृतिमा फुटबल प्रतियोगिता