शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिला चेम्बरको तीज मेला सुरु

शनिबार, ०७ भदौ २०७६, १० : ४८
शनिबार, ०७ भदौ २०७६

काठमाडौँ- नेपाल महिला चेम्बरको दोस्रो तीज व्यापार मेला–२०७६ शुक्रबारदेखि शुरु भएको छ । मेलाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्दै महिलालाई सक्षम, उद्यमी र व्यवसायी बनाए मात्र मुलुकको विकास निर्माणमा सहयोग पुग्ने बताइन् ।
 
उनले महिलाले  आफू उद्यममा लाग्न आफैँ क्रियाशील रही आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन् । चेम्बरका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्लले मेलाले महिलामा थप ऊर्जा थप्ने बताए। महिला चेम्बर अफ कमर्शकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला सशक्तीकरणका लागि  मेलाको आयोजना गरिएको जानकारी दिइन् । मेलामा महिलाले आफैँले उत्पादन गरेका  ५० कक्ष राखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप