शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा करदाता बढे

शनिबार, ०७ भदौ २०७६, १० : २१
शनिबार, ०७ भदौ २०७६

झापा–झापामा स्थायी लेखा नम्बर (प्यान) लिने सेवाग्राहीको सङ्ख्या ह्वात्तै बढेको आन्तरिक राजश्व कार्यालय भद्रपुरले जनाएको छ ।

 कार्यालयका प्रमुख बोलराज आचार्यका अनुसार व्यवसाय वा रोजगारी गर्ने सबैले अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने नियम लागू भएपछि सेवाग्राहीको सङ्ख्या बढेको हो ।
 
चालू आर्थिक वर्षको साउन महीनामा मात्र व्यक्तिगत प्यान नम्बर लिनेको सङ्ख्या छ हजार ७३ थपिएको छ भने व्यावसायिक प्यान नम्बर लिने ९२५ थपिएका छन् । झापाको माईपूर्व क्षेत्र, इलाम, ताप्जेजुङ र पाँचथरका सेवाग्राहीले भद्रपुर कार्यालयबाट सेवा लिने गरेका छन् । दमकमा रहेको अर्को आन्तरिक राजश्व कार्यालयले माईपश्चिम पाँच स्थानीय तहमा सेवा पु¥याउँदै आएको छ ।

भद्रपुर कार्यालयबाट २०७६ साउन महीनासम्ममा व्यक्तिगत प्यान नम्बर लिने झापाका सेवाग्राहीको सङ्ख्या ३१ हजार ६४० रहेको छ । झापामा सोही अवधिसम्ममा व्यावसायिक लेखा नम्बर लिने र मूल्य अभिवृद्धि करमा (भ्याट) मा दर्ता हुनेको सङ्ख्या ५७ हजार ३४१ पुगेको कार्यालय प्रमुख आचार्यले जानकारी दिए  । उनका अनुसार झापामा जम्मा करदाता ८८ हजार ९८१ रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप