शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारद्वारा दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

शुक्रबार, ०६ भदौ २०७६, २१ : ११
शुक्रबार, ०६ भदौ २०७६

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय सुनसरी इनरुवाका सर्वेक्षक मागैन महतो र लेखापढी व्यवसायी रामनारायण पोदारविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

जग्गा नाप गरी सुधार गरिदिने प्रयोजनाका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको इटहरी कार्यालयबाट गएको टोलीले उनीहरुलाई केही दिन पहिले पक्राउ गरेको थियो । निमयानुसार गर्नुपर्ने काममा आलटाल गरी सेवाग्राहीलाई अप्ठ्यारोमा पारेर ११ हजार घुस माग गरेको उनीहरु माथि आरोप लागेको छ । 

यस्तै आयोगले प्रहरीचौकी पाँचलाख काभ्रेका प्रहरी हबल्दार भक्तबहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादेविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । मेलम्चीदेखि काठमाडौँमा चल्ने टिपरबाट रु दुई हजार घुस लिएको उनीहरुमाथि आरोप लागेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप