इङ्ल्यान्ड ६७ रनमा समेटियो
शुक्रबार, ०६ भदौ २०७६, २० : २९
एजेन्सी- एसेज सिरिज अन्तर्गत तेस्रो टेष्टको पहिलो इनिङमा घरेलु टोली इङ्ल्यान्ड जम्मा ६७ रनमा समेटिएको छ । लिड्समा अष्ट्रेलियालाई एक सय ७९ रनमा समेटेर पहिलो इनिङ थालेको इङ्ल्यान्ड २७.५ ओभरमा अलआउट भएको हो । शुक्रबार खराब प्रदर्शन गरेको इङ्ल्यान्ड पहिलो इनिङमा अष्ट्रेलियासँग एक १२ रनले पछि परेको छ ।
पहिलो इनिङमा इङ्ल्यान्डका जोई डेन्लीले सर्वाधिक १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । इङ्ल्यान्डलाई सस्तोमा समेट्न अष्ट्रेलियाका जोश हजालउडले ३० रन खर्चेर पाँच विकेट लिए । पाट कुमिन्स र जेम्स पाटिनसनले तीन तीन विकेट लिए । यससँगै पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलिया १–० ले अगाडी बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते