मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

पढेर विचलित हुनुभयो ? तपाईंभित्र अझै पनि मानवीयताका अवशेष बाँकी छ !

शनिबार, ०७ भदौ २०७६, ०६ : ५१
शनिबार, ०७ भदौ २०७६

 ज्ञानमित्र

आज भन्दा ६ वर्ष पहिला १९ जुलाई २०१३ मा खिचिएको यो तस्वीर मानवताको इतिहासको एउटा सुनौलो पाना हो, विज्ञान र तकनीकको अपरिमित फड्को हो ।

आफ्नो आयु समाप्त हुनु भन्दा पहिला ‘कैसिनी स्पेसक्राफ्ट’  ले शनि ग्रहको परिक्रमा गर्दै यो तस्वीर खिचेर पृथ्वीस्थित नियन्त्रण कक्षलाई पठाएको थियो ।

हामीबाट झण्डै १.५ अर्ब किमि टाढाबाट प्राप्त भएको यो तस्वीरमा तपाईँ हामी मानिस भनाउँदा लगायत करौडौं अन्य प्रकारका जीवनलाई आफ्नो वक्षस्थलमा हुर्काईरहेकी प्रथम आमा पृथ्वी पनि देखिन्छिन् ।

ध्यान दिएर हेर्नुस त, तस्वीरमा शनि ग्रहका वलय  (Rings) को पुछारमा प्रकाश सदृश्य जुन बिन्दु देखिन्छ, त्यो अरु केही नभएर हाम्रै शस्य श्यामला पृथ्वी हुन् ।


तपाईंलाई अझ गजब त यस जानकारीले लाग्छ होला, अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले यो तस्वीर खिच्नुभन्दा पहिला नै यसबारे सार्वजनिक सूचना प्रेषित गरेको थियो । यसको अर्थ ‘कैसिनी यान’ले यो तस्वीर खिच्ने बेला, पृथ्वीका धेरै मानिस आकाशतिर हेर्दै ‘सेल्फी’ खिचिरहेका थिए ।


तपाईंलाई अझ गजब त यस जानकारीले लाग्छ होला, अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले यो तस्वीर खिच्नुभन्दा पहिला नै यसबारे सार्वजनिक सूचना प्रेषित गरेको थियो । यसको अर्थ ‘कैसिनी यान’ले यो तस्वीर खिच्ने बेला, पृथ्वीका धेरै मानिस आकाशतिर हेर्दै ‘सेल्फी’ खिचिरहेका थिए ।

विज्ञान र तकनीकी पक्षको उन्नति त्यति धेरै भइसकेको छैन, कि १.५ अर्ब किमि टाढाबाट खिचिएको तस्वीरमा मलाई अथवा तपाईंलाई स्पष्ट देख्न सकियोस् । तस्वीरमा १२ हजार ७ सय ४२ किमि व्यासको पृथ्वी नै एक  बिन्दुका माफिक देखिएकी छन भने, त्यो बिन्दुभित्र मेरो र तपाईंको छुट्टै अस्तित्व देखिनु कसरी सम्भव हुन सक्छ ?

तर यति विश्वास गर्नुस्, यसै बिन्दुभित्र तपाईंका छर–छिमेकी, आफन्त, नाता–गोता, सखा–संगीका साथै तपाईंका शत्रु र उनका परिवार पनि अटेकै छन् ।


डेढ अर्ब किमि टाढाबाट खिचिएको यस तस्वीरमा आफ्नो, पराइ, शत्रु, मित्र, जाति, धर्म, सम्प्रदाय, समुदाय एवम् खण्ड खण्डमा विभाजित राष्ट्रवादको अवधारणाले पोषित सबै खाले मानवीय संकीर्णता तिरोहित भएका छन् ।


डेढ अर्ब किमि टाढाबाट खिचिएको यस तस्वीरमा आफ्नो, पराइ, शत्रु, मित्र, जाति, धर्म, सम्प्रदाय, समुदाय एवम् खण्ड खण्डमा विभाजित राष्ट्रवादको अवधारणाले पोषित सबै खाले मानवीय संकीर्णता तिरोहित भएका छन् । यस तस्वीरले स्पष्ट सन्देश दिन्छ– ब्रहमाण्डको विराटताका सामु मानवीय इच्छा–आकांक्षा, आशा–निराशा, भय–प्रीति, राग–विराग, संकल्प र संघर्षको कुनै औकात छैन । हाम्रो हैसियत गणना गर्ने लायक पनि छैन ।

हेर्नुस, गहिरिएर यस बिन्दुलाई धित मरुन्जेल हेर्नुस् । र, यसपश्चात आफूभित्र रहेको त्यस विश्वासलाई अझ पोख्त बनाउनुस् कि यस चराचर जगतको निर्माण तपाईंको धर्मले इंगित गरेको ईश्वरले नै गरेका हुन् । ती ईश्वरले तपाईंले पालना गरेको धर्म–सम्प्रदायका निर्दिष्ट आचरण अनुसार जीवनयापन गर्ने मानिसको मात्रै कुरा सुन्छन् । तपाईँकै धर्मशास्त्र उनका मुखारबिन्दुबाट निःसृत भएका हुन् । र, तपाईंकै समुदाय–सम्प्रदायसंग उनको प्रत्यक्ष सम्पर्क र प्रेमभाव छ । यसै सम्प्रदायका मानिस मात्रै उनको चरणधूली र शरणभूमि प्राप्त गर्न सक्छन् । यो बाहेकका साथै धर्म–सम्प्रदाय विरुद्ध उनले सफाया गर्ने निर्देश नै दिएका छन् ।

आफुभित्र यो विश्वास अझै प्रगाढ गर्नुस्– यो संसार त्यही संसार हो, जसको निर्माताले मानिस उत्पत्ति गरेर त्यसलाई आफ्नो राज्यबाट एउटा स्याउ खाएको अपराधमा निष्कासित गरिदियो । र, मानिस आजसम्म यताउति भौंतारिरहेको छ ।

अझै विश्वास दह्रो बनाउनुस्– यो संसार त्यही संसार हो जसको निर्माता अनन्तः ब्रह्माण्डका आफ्ना सबै उत्रदायित्व एकातिर पन्छाएर तपाईं माझ अवतरित हुन आउँछ । तपाईं जस्तै बालक्रीडा, प्रेम, विवाह र संतानोत्पति गर्छ । धर्मको संरक्षण र स्थापनाका लागि भीषण युद्ध गरेर पृथ्वीलाई रक्तरंजित बनाउँछ । र, यहाँबाट प्रस्थान गर्नुपूर्व जीवनयापन विषयक तमाम आचार–विचार–देशना प्रचार–प्रसार गर्ने ‘एनजीओ’ खडा गर्छ ।

संगसंगै यो पनि विश्वास गर्नुस्, यो दुनिया त्यही हो, जहाँका बासिन्दाले आफ्नै प्रजातिका सहोदरमाथि रक्तपात, लुटपाट र नरसंहारको ताण्डव मच्चाए । उनीहरु यस्तो जघन्य बर्बरतापूर्ण कृत्यमा सम्मिलित हुनुको एकमात्र कारण थियो– उनीहरु ब्रह्माण्डको अनन्त विशालतामा पौडिरहेको यस क्षुद्र चट्टान (पृथ्वी) को केही एकड भूमिमा आफ्नो जाति–धर्म–सम्प्रदायको विजय कीर्तिध्वजा फहराउन लालयित थिए ।


विश्वास गर्ने क्रममा यो नबिर्सनु होला, यो त्यही दुनिया हो, जहाँका हठीजनले अबोध, निर्दोष बालबालिकालाई उनका मूर्खतापूर्ण आकाशी किताबमाथि औंला उठाउनसक्ने आशंकामा जिउँदै जलाए ।


विश्वास गर्ने क्रममा यो नबिर्सनु होला, यो त्यही दुनिया हो, जहाँका हठीजनले अबोध, निर्दोष बालबालिकालाई उनका मूर्खतापूर्ण आकाशी किताबमाथि औंला उठाउनसक्ने आशंकामा जिउँदै जलाए ।

हो, यस आलेखको उद्देश्य तपाईलाई जरैदेखि हल्लाउनु र विचलित बनाउनु नै हो । यदि तपाईं साच्चै नै विचलित हुनुभयो भने तपाईंलाई म अकिंचनको हार्दिक बधाई । मुटु–मस्तिष्कको कुनै कुना कन्दरामा तपाईँभित्र अझै पनि मानवीयताका अवशेष बाँकी छन् ।

मानवीयताका यी अवशेषले तपाईँलाई यस दुनियामा सफलता दिने छैन । न पद, न गरिमा, न धनसम्पत्ति र न त मानवीयताको यस अदृश्य भावले तपाईँलाई घर–परिवार इष्ट–मित्र माझ बुदिमान भनी यश प्रदान गराउँछ । संभावना त झन यसको उल्टो हुनसक्छ...

तर मेरा प्रिय पाठक मित्रहरु ! जीवनमा सफलता–असफलता, हानि–लाभ, पाउनु–गुमाउनु आदिलाई केही मिनेटका लागि छाडेर श्याम गोयन्का लगायतका केही अग्रज एवम मित्रगणले परिहासमा विज्ञान बाबा भन्ने गरेको यस जोगीको चिन्तनलाई मनन गरिदिनुस्–

विज्ञानले ब्रह्माण्डमा १ सय अर्ब भन्दा बढी आकाशगंगा खोजिसक्यो । पृथ्वी तिनै मध्येको एउटा आकाशगंगा ‘मिल्की वे’ को केन्द्रबाट झण्डै २७ हजार प्रकाशवर्ष टाढास्थित सूर्यनामक तारादेखि १४ करोड ९६ लाख किमि पर रहेको छ ।

चित्रमा देखिएको त्यही सूक्ष्म विन्दु !

Source: NASA

आजसम्मको उन्नत विज्ञानले यो बिन्दुबाहेक, २ का पछाडि २२ वटा शुन्य थपेर बनेको संख्यामा रहेका खगोलीय पिण्डमा, अन्यत्र कतै जीवनको सम्भावना भेटेको छैन ।

मानव ज्ञानको सीमाले आजसम्म ज्ञात भएअनुसार जे जति जीवन छ, यसै सूक्ष्मबिन्दुभित्रको आकाशमा मात्रै छ ।

संज्ञानमा आएको ९३ अर्ब प्रकाशवर्षसम्म विस्तृत यस महाकाशमा अणु चैतन्य बनेको दुर्लभ घटना यसै बिन्दुको परिधिमा मात्रै, के हामीले पग पगमा यसको निरादर गर्न खातिर भएको हो ? जीवनको उद्देश्य के हामीले निर्धारण गरेका सफलताका ‘मकै घोगा जत्रा शिखर’ छुनु मात्रै हो ?

प्रश्न आफैसंग गर्नुस्, प्रश्न गर्दै जानुस् । कुनै किसिमको उत्तर पाउने चेष्टा वा अभिलाषा नराखी तबसम्म प्रश्न उठाउँदै जानुस्, जबसम्म तपाईंको प्रश्न गर्ने सामथ्र्यको अन्तिम थोपासम्म बाँकी नरहोस् । विश्वास गर्नुस्, त्योभन्दा पहिला जुनसुकै स्रोतबाट आएका जतिसुकै गहन, मार्मिक एवम् महत्वपूर्ण उत्तर पनि अर्थहीन हुनेछन् ।

संदर्भ श्रोत: स्पेस डटकम र विजय सिंह ठकुराय

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानमित्र
ज्ञानमित्र
लेखकबाट थप