शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साफ यू–१५ मा नेपालको पहिलो जित

शुक्रबार, ०६ भदौ २०७६, १९ : ४२
शुक्रबार, ०६ भदौ २०७६

काठमाडौं-भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित निकालेको छ । भारतको कल्याणीमा शुक्रबार भएको खेलमा नेपालले श्रीलंकालाई २–० गोलले हरायो ।  नेपालको जितमा शशांक बोहोरा र अशिम राईले गोल गरे । नेपालले दुवै गोल दोस्रो हाफमा गरेको थियो । शशांकले ४६औं मिनेटमा गोल गरेका थिए ।

८३ औं मिनेटमा अशिमले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । जितसँगै नेपालले दुई खेलबाट तीन अंक बनाएको छ । नेपाल पहिलो खेलमा आयोजक भारतसँग ५–० गोलले पराजित भएको थियो । नेपालले अब तेस्रो खेलम मंगलबार बंगलादेश र अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ ।

नेपाल सहित बंगलादेश, भारत, श्रीलंका र भुटान सम्मिलित प्रतियोगिताका खेल राउन्ड रोविनको आधारमा सञ्चालन भएको छ । प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप