बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

फुटबल टोली मलेसिया प्रस्थान

शुक्रबार, ०६ भदौ २०७६, १९ : ३२
शुक्रबार, ०६ भदौ २०७६

काठमाडौं-नेपाली राष्ट्रिय पुरुष फुटबल टोली मलेसियन क्लब जोहार डारुल टाजिम एफसीसँग मैत्रीपूर्ण फुटबल खेल्न शुक्रबार मलेसिया प्रस्थान गरेको छ । सन् २०२२ को विश्वकप छनोट तयारीका लागि नेपालले मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाली टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले बिदाई गरे ।

नेपालले जोहारसँग सोमबार उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले मलेसियन क्लबसँग खेल्ने २३ सदस्सीय टोलीको यसअघि नै घोषणा गरिसकेको छ । नेपाली टोलीको कप्तानी सुजल श्रेष्ठले गर्नेछन् । मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको टोलीमा नियमित कप्तान बिराज महर्जन, किरण चेम्जोङ र रोहित चन्द अटाएका छैनन् । कप्तान बिराजको फिटनेसको समस्याका कारण टोलीमा नअटाएका हुन् ।

विश्वकप २०२२ अन्तर्गत एसियाली छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेर्इं रहेका छन् । नेपालले कुवेतसँग खेल्दै विश्वकप छनोटको सुरुवात गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप