रिचार्जरको एपको नयाँ भर्सन अपडेट रिलीज, अफरभित्र पनि अफरसँगै ग्याजेट्स मेला

काठमाडौं । मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ । यसै उपलक्ष्यमा रिचार्जर एप डाउनलोड गरी खाता खोल्नेहरु मध्येबाट एक जनालाई सामसुङको एट्वान्टी मोबाइल वितरण गर्ने भएको छ ।
यही भदौ २५ गते १६ः३० बजे रिचार्जरको फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरी मोबाइल विजेता घोषणा गर्ने रिचार्जरले जनाएको छ ।
नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गर्दै रिचार्जरले घरघरमै ग्याजेट्स मेला सञ्चालन गर्ने भएको छ । ‘बिजी लाईफ, इजी सोलुसन’ भन्ने नाराका साथ सेवा दिइरहेको रिचार्जरले यहि भदौ ११ गतेदेखि २ सातासम्म ग्याजेट्स मेला सञ्चालन गर्न लागेको हो ।
‘अहिले लिनुहोस्, पछि तिर्नुहोस्’ योजनासहित रिचार्जरले मेला सञ्चालन गर्न लागेको हो । विभिन्न बैंक तथा ब्राण्डसँगको सहकार्यमा रिचार्जरले ग्याजेट्स मेला सञ्चालन गर्न लागेको हो ।
डिजिटल सपिङ हबमा आफुलाई अब्बल बनाउँदै गएको रिचार्जरले नेपालमै पहिलोपटक मोटर साइकल, गाडी समेत बुकिङ गरी किस्ताबन्दीमा किन्न सकिने व्यवस्था मिलाएको छ ।
अनलाइन मेलामा सस्तो मुल्यामा मोबाईल तथा ईलेक्ट्रोनिक्स ग्याजेटहरु शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिने रिचार्जरले जनाएको छ ।
भदौ ११ गतेबाट हुने ग्याजेट मेलामा अफरभित्र अफर अन्तरगत सेवाग्राहीले सरप्राईज गिफ्टह्याम्पर पाउने छन् । अफरभित्र अफरसहित ६० प्रतिशतसम्मको छुटका साथै क्यास प्वाइन्ट रिडीम गरी मेलामा सुलभ मुल्यमा सामान किन्न सकिन्छ ।
मेलामा मोबाइल, ल्यापटप, क्यामेरा, टेलिभिजन, एयर कण्डिसनर, रेफ्रिजिरेटरलगायतका उपकरणहरु शुन्य प्रतिशत व्याजदरमा घरमा बसेर अर्डर गर्न सकिनेछ ।
यसका साथै बुबाको मुख हेर्ने दिनलाई लक्षित गर्दै रिचार्जरले उपहारको सामानसँगै केक तथा फुलको गुच्छासहितको गिफ्ट प्याकेज उपत्यकाभित्र १ घण्टामा घरमै डेलिभरी दिने व्यवस्था मिलाएको छ ।
गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्काल १०० क्यास प्वाइन्ट पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो, त्यति नै क्यास प्वाइन्ट पाइन्छ ।
विभिन्न किसिमका सेवाहरुको बिल भुक्तान गर्द पनि २० प्रतिशतसम्मको क्यास प्वाइन्ट पाइन्छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान खरिद गर्दा रिडीम गरी प्रयोग गर्न सकिन्छ ।
केही समयपछि यस्तो क्यास प्वाइन्टबाट मात्र पनि सामान खरिद गर्न सकिने व्यवस्था मिलाउन लागिएको ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।
रिचार्जर एपबाट सामान खरिद, मोबाइल रिचार्ज, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा दर्जन बढी बैंकको ई–बैंकिङका साथै विभिन्न पेमेण्ट गेटवे र मास्टर तथा भिसा डेबिट र क्रेडिट कार्डबाट पैसा तिर्न सकिन्छ ।
नयाँ पुस्ताको जीवनशैली सरल बनाउने लक्ष्यको साथ सेवा तथा सपिङको नयाँ गन्तव्यको रुपमा रिचार्जरले सेवा विस्तार गर्दै गईरहेको छ ।
नेपालमा चलन चल्तीमा रहेका १ हजार बढी ब्राण्डसँग सहकार्य गर्दै आएको रिचार्जरले अन्य अनलाइन सपिङको तुलनामा सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?