शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यामाहा एमटी १५ को प्रि बुकिङ्ग शुरु

शुक्रबार, ०६ भदौ २०७६, १८ : ३८
शुक्रबार, ०६ भदौ २०७६

काठमाडौं– यामाहा एमटी १५ को प्रि बुकिङ्ग शुरु भएको छ । एमटी १५ लाई यही भाद्र ७ गते एलओडी (लर्ड अफ ड्रिन्क्स) एक भव्य समारोहबीच सार्वजनिक गरिने भएको छ । यामाहाले उपत्यकाभरी सम्पूर्ण बाइक राइडरहरुलाई सामाजिक सञ्जालमा गरिएको दर्ताको आधारमा छनौट गरेर यो एमटी सार्वजनिकीकरण समारोहको प्रत्यक्षदर्शी बन्न आमन्त्रण गरेको छ । 

साथसाथै उनीहरुलाई यो समारोह सेलिब्रेटी अतिथिहरु रोडिजको निर्णायकद्वय रेमण्ड दास श्रेष्ठ र लाहुरेको साथमा रहेर हेर्न सकिन्छ । यसका साथै एमटीलाई नेपालको सडकहरुमा हुँइक्याउन सबैभन्दा पहिले बुक गर्ने पहिलो डार्क वारियरलाई पनि समारोहमा निम्तो दिइएको छ ।

एमटी सिरिजहरु धारकहरु हुन् जसले एक प्रवृत्तिका साथ असाधारण कार्यक्षमता प्रदर्शन गर्दछ जसले सडकहरुलाई हल्लाइ दिन्छ । एमटीले टर्कको मास्टर भन्ने अर्थ राख्छ, यसको कारण होः शक्ति र सुनिश्चित्ताका साथ जुन उनीहरुलाई वस्तुतः अतुल्य बनाउँछ ।

यसको डिजाइनका साथ यसले पूर्णतः डार्क साइड अफ जापानको प्रतिनिधित्व गर्दछ जसले तपाईंलाई त्यो व्यक्ति उजागर गर्न दवाब दिन्छ जसले सडकमाथि आफ्नो आधिपत्य जमाउँदछ । 

यस सिरिजले बेरहमी शक्ति र फूर्ति प्रदान गर्दछ जसले तपाईंलाई जस्तोसुकै गतिमा तपाईंको मेसिन माथि पूर्ण नियन्त्रण कायम गर्न भरपूर सहयोग गर्दछ । हरेक पटकको हँकाई मजबुत टर्क र तीव्र वेगगतिको संयोजनयुक्त सुपर स्पोर्टस् बाइकको प्रविधिका साथ पूरापूर जोशले भरिएको हुनेछ । एक अनुभवमा प्राप्त परिणाम जसले तपाईंको आत्मालाई इन्जिनको तालसँग जोड्नेछ ।

यामाहा एमटी १५ द डार्क वारियरको प्रि बुक भव्य शुभारम्भसँगैं खुला भएको छ, जहाँ ग्राहकले डार्क साइडमा जोडिने अवसर पाउन सक्नेछन् । यस सम्बन्धी विस्तृत जानकारीका लागि नजिकैको यामाहा शोरुममा जानुपर्ने हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप