एनआरएन उपाध्यक्षमा धर्मराज अधिकारीद्वारा उम्मेदवारी घोषणा
अस्ट्रेलिया –आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागेको गैरआवासीय नेपाली संघ (एनअराएन) को विश्व सम्मेलनमा वर्तमान ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले उम्मेदवारी दिने भएका छन् ।
नुवाकोटको तारुकामा जन्मिएर लामो समयदेखि अस्ट्रेलियालाई कर्मस्थल बनाउँदै आएका उनले आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिए ।
एनआरएनए ओसेनिया क्षेत्रीय संयोजकका रूपमा आफूले सफलतापूर्वक कार्य सम्पादन गरेको बताउँदै विदेशमा रहेका नेपालीहरूको आवाजलाई देशसम्म र नेपालको समृद्धिको अभियानलाई विदेशमा रहेका एनआरएनसम्म लैजाने अभिभारा बाँकी रहेको ठहर गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी दिएको उनको भनाई छ ।
एकतामा नै बल हुन्छ र यसले नै एनआरएन अभियानलाई अघि लैजान्छ भन्ने कुरालाई आत्मसाथ गर्दै आफूले लहडमा नभई एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा अस्ट्रेलियाको उपस्थितिलाई दरिलोसँग प्रस्तुत गर्न पनि उम्मेदवारी दिने निर्णय गरेको विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।
अधिकारीले दोहोरो नागरिकतामा स्पष्टता, एनआरएन लगानीको सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र दक्षता, नलेज एण्ड इनोभेसन सहित नेपाल सरकारले भर्खरै घोषणा गरेको ब्रेन गेन अभियानमा योगदान दिने आफ्नो योजना रहेको कुरा पनि उल्लेख गर्दै उपाध्यक्षका रुपमा विगतमा जस्तै सबैको सहयोग रहनेमा विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण