नक्कली भारु नोटसहित दुई जना पक्राउ
वीरगन्ज । पर्सा प्रहरीले वीरगञ्जबाट नक्कली भारु नोटसहित दुई जनालाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर २ बैरिया विर्ता घर भएका ३४ वर्षीय दीलिप साह र वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका ४८ वर्षीय जमील अख्तर रहेका छन् ।
उनीहरुको साथबाट दुई हजार दरको नक्कली भारु नोट ९५ थान अर्थात एक लाख ९० हजार नक्कली भारु बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
वीरगन्जबाट रक्सौल पैदल जादै गरेका दुवै जनालाई वीरगन्ज १६ इदगाह चोकमा प्रहरीले शंका लागेर चेकजाच गर्दा उनीहरुको साथबाट दुइ हजार दरको ९५ थान नक्कली भारु नोट बरामद गरेको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
नक्कली भारु नोटसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको रौठारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित
-
कन्सुलरका कर्मचारीलाई इजरायलभित्र हिँडडुल सीमित गर्न अमेरिकाको आग्रह
-
कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद
-
घाँटीमा समस्या देखिएपछि केपी ओलीको सुटिङ रोकियो
-
सेमिफाइनलमा निराशाजनक प्रदर्शन गर्दै उपाधि होडबाट बाहिरियो नेपाल