दुई जनाको एकैसाथ हत्या गर्ने ११ वर्षपछि पक्राउ
शुक्रबार, ०६ भदौ २०७६, १७ : ०५
बुटवल । पश्चिम नवलपरासीको प्रहरीले ११ वर्षअघि एकै साथ दुई जनाको हत्या गरेर फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
२०६५ साल असोज २३ गते राती साविकको रामनगर गाविस वडा नम्वर ५ का गोविन्द प्रसाद कुमालले छिमेकी लालबहादुर सुनार र कमल सुनारलाई फलामे रड प्रयोग गरी हत्या गरेका थिए ।
फरार अभियुक्त २७ वर्षीय कुमाललाई उनको घर सुनुवल –११ बाट भदौ ४ गते पक्राउ गरी आज अदालतमा पेश गरेको नवलपरासीका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं