अनलाईन बजार प्रबर्धन तथा सीप विकासमा सासमङ्ग
काठमाडौं– सामसङ इलेक्ट्रोनिक्स् कम्पनीले सामाजिक भेदभाव, घरेलु हिंसा, सामाजिक असुरक्षा आदि भोग्ने महिलाहरुका लागि सहयोग गरेको छ । यस्ता समस्याहरुबाट महिलाहरुलाई माथि उठाउन शिक्षा एवं उद्यमशीलताको आवश्यकता पर्ने सामसङ्गले बताएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २ र ३ मा एकीकृत विकासका कार्यक्रमहरुलाई आफ्नो तर्फबाट विशेष सहयोग प्रदान गरेको छ ।
स्वयंसेवी अभियान नेपालद्वारा तार्केश्वर नगरपालिका वडा न २ र ३ मा आयोजना गरिएको महिला उद्यमशीलता, सूचना प्रविधि र अनलाईन बजार प्रबर्धन तथा सीप विकास तालिमलाई सासमङले आफ्नो तर्फबाट विशेष सहयोग प्रदान गरेको छ ।
स्वयंसेवी अभियानले महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत महिला समूहहरु गठन गरी शिक्षा र जीवनोपयोगी सीप, लघुवित्त र उद्यमशीलता विकास परियोजनाहरु संचालन गर्दै आइरहेको छ । उक्त परियोजनालाई सामसङले प्राविधिक सहयोग प्रदान समेत गर्दै आएको छ ।
हालसम्म ता.न.पा वडा नं २ मा ३८ महिला समूह गठन भई ३४६ जना र वडा नं ३ मा १०९ महिला समूह गठन भई ७७६ जना महिलाहरु प्रत्यक्ष संलग्न हुनुभएको छ । यस संस्थाले महिलाहरुको उद्यमशीलता विकासका लागि ‘महिला उद्यमशीलता, सूचना प्रविधि र अनलाईन बजार प्रबर्धन तथा सीप विकास तालिम’ संचालन गर्न गईरहेको छ ।
यो तालिम यस संस्था र कोरियाको ‘वेटर वर्ल्ड’ भन्ने संस्थाको समन्वयमा सामसङ कम्पनीको कर्मचारी स्वयंसेवकहरुद्वारा संचालन हुने कम्पनीले जनाएको छ । यस तालिममा प्रशिक्षार्थी महिलाहरुले उद्यमशीलताको ज्ञान, सूचना प्रविधिको प्रयोग मार्फत उत्पादनको बजारीकरण र सामाजिक संजाल मार्फत अनलाईन नेटवर्किङ विकासको ज्ञान र सीपको विकास गर्ने अवसर प्राप्त गर्ने छन् । यो तालिमबाट यस क्षेत्रका आय आर्जनमा संलग्न महिलाहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।
यस अघि गत वर्ष विद्यालयका विद्यार्थीहरुलाई आइटि सम्बन्धि प्रशिक्षण दिन कोरियाबाट २७ जनाको समुह आएको थियो र उक्त समुहमा रहेका प्राविधिकहरुले नेपालका करिव १०० विद्यार्थी र विभिन्न स्कुलका १० जना कम्प्युटर शिक्षकहरुलाई प्रशिक्षण प्रदान गरेका थिए ।
यसबाट करिव ७००० भन्दा धेरै विद्यार्थीहरु लाभान्वित भएको विश्वास कम्पनीले लिएको छ । यस्ता कदमले महिला उद्यामशीलताको विकासमा टेवा पुगी कोरिया र नेपाल बीचको मित्रता अझ बलियो बन्ने विश्वास कम्पनीले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना