शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाईन बजार प्रबर्धन तथा सीप विकासमा सासमङ्ग

शुक्रबार, ०६ भदौ २०७६, १६ : १५
शुक्रबार, ०६ भदौ २०७६

काठमाडौं– सामसङ इलेक्ट्रोनिक्स् कम्पनीले सामाजिक भेदभाव, घरेलु हिंसा, सामाजिक असुरक्षा आदि भोग्ने महिलाहरुका लागि सहयोग गरेको छ । यस्ता समस्याहरुबाट महिलाहरुलाई माथि उठाउन शिक्षा एवं उद्यमशीलताको  आवश्यकता पर्ने सामसङ्गले बताएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २ र ३ मा एकीकृत विकासका कार्यक्रमहरुलाई आफ्नो तर्फबाट विशेष सहयोग प्रदान गरेको छ  । 

स्वयंसेवी अभियान नेपालद्वारा तार्केश्वर नगरपालिका वडा न २ र ३ मा आयोजना गरिएको महिला उद्यमशीलता, सूचना प्रविधि र अनलाईन बजार प्रबर्धन तथा सीप विकास तालिमलाई सासमङले आफ्नो तर्फबाट विशेष सहयोग प्रदान गरेको छ । 

स्वयंसेवी अभियानले महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत महिला समूहहरु गठन गरी शिक्षा र जीवनोपयोगी सीप, लघुवित्त र उद्यमशीलता विकास परियोजनाहरु संचालन गर्दै आइरहेको छ । उक्त परियोजनालाई सामसङले प्राविधिक सहयोग प्रदान समेत गर्दै आएको छ ।  

हालसम्म ता.न.पा वडा नं २ मा ३८ महिला समूह गठन भई ३४६ जना र वडा नं ३ मा १०९ महिला समूह गठन भई ७७६ जना महिलाहरु प्रत्यक्ष संलग्न हुनुभएको छ ।  यस संस्थाले महिलाहरुको  उद्यमशीलता विकासका लागि ‘महिला उद्यमशीलता, सूचना प्रविधि र अनलाईन बजार प्रबर्धन तथा सीप विकास तालिम’ संचालन गर्न गईरहेको छ । 

यो तालिम यस संस्था र कोरियाको ‘वेटर वर्ल्ड’ भन्ने संस्थाको समन्वयमा सामसङ कम्पनीको कर्मचारी स्वयंसेवकहरुद्वारा संचालन हुने कम्पनीले जनाएको छ । यस तालिममा प्रशिक्षार्थी महिलाहरुले  उद्यमशीलताको ज्ञान, सूचना प्रविधिको प्रयोग मार्फत उत्पादनको बजारीकरण र सामाजिक संजाल मार्फत अनलाईन नेटवर्किङ विकासको ज्ञान र सीपको विकास गर्ने अवसर प्राप्त गर्ने छन् । यो तालिमबाट यस क्षेत्रका आय आर्जनमा संलग्न महिलाहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यस अघि गत वर्ष विद्यालयका विद्यार्थीहरुलाई आइटि सम्बन्धि प्रशिक्षण दिन कोरियाबाट २७ जनाको समुह आएको थियो र उक्त समुहमा रहेका प्राविधिकहरुले नेपालका करिव १०० विद्यार्थी र विभिन्न स्कुलका १० जना कम्प्युटर शिक्षकहरुलाई प्रशिक्षण प्रदान गरेका थिए ।

यसबाट करिव ७००० भन्दा धेरै विद्यार्थीहरु लाभान्वित भएको विश्वास कम्पनीले लिएको छ । यस्ता कदमले महिला उद्यामशीलताको विकासमा टेवा पुगी  कोरिया र नेपाल बीचको मित्रता अझ बलियो बन्ने विश्वास कम्पनीले लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप