शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेरो र पार्टी अध्यक्षबीचको भनाभनलाई गम्भीर ढंगले नबुझौं: माधव नेपाल

शुक्रबार, ०६ भदौ २०७६, १६ : १५
शुक्रबार, ०६ भदौ २०७६

काठमाडौं– नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफु र पार्टी अध्यक्षबीच भएको भनाभनको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गरेका छन् । सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताहरुले त्यसबारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विषयलाई सामान्य रुपमा लिन आग्रह गरे ।

विषयवस्तुमाथिको बुझाईमा एकरुपता ल्याउन र एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भइरहने भन्दै उनले त्यसलाई श्रीमान–श्रीमतीको घर झगडाको रुपमा बुझ्न पनि सुझाव दिए । झगडा भयो भनेर वैवाहिक जीवनप्रति नै निरास हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्ने भन्दै उनले राजनीतिमा पनि भागेर नभई समस्यासँग जुध्दै र सामाना गर्दे अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘नेताहरुबीच भनाभन भएछ भनेर पूर्व वक्ता साथीले चिन्ता व्यक्त गर्नुभयो यो बाट अत्तिनु केही पनि पर्दैन । यो घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? त्यही हो । विहे गर्नु नै वेकार रहेछ । छोराछोरी जन्माउनु नै वेकार रहेछ भन्नु ? यो जीवनको यथार्थ हो । पछाडि हट्नु हुँदैन ।

आएका समस्यालाई कसरी समाधान गर्ने ? समस्या त आउँछन् । नआओस् भन्ने हो भने पर जंगलमा गएर एक्लै तपस्या गरेर बसे हुन्छ । सामाजिक जीवनमा प्रवेश गर्ने हो भने अनेकौ समस्याहरु आउँछन् । बाधा अवरोधहरु आउँन्छन् । ती समस्याहरुको सामना गर्ने आँँट हुनुपर्छ । सामथ्र्य पनि हुनुपर्छ । यदि तपाईमा सामथ्र्य छैन भने तपाई केही पनि गर्न सक्नुहुन्न् ।’

नेता नेपालले पारिवारिक, राजनीतिक लगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्यता गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने धारणा राखे । उनले ‘फूलको आँखामा फुलै संसार, काँडाको आँखैमा काडा संसार ’भन्ने गीतको दृष्टान्त दिदै व्यक्तिको सोच, दृष्टिकोण, सामथ्र्य तथा ज्ञानका आधारमा समस्या सामान्य र असामान्य हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप