केन्द्रीय संस्करण

काठमाडौँ उपत्यकामा २३ जनामा डेङ्गू संक्रमण भेटियो

person explore access_timeभदौ ६, २०७६ chat_bubble_outline0
file photo

काठमाडौँ– सुनसरीको धरानबाट सुरु भएको डेङ्गू संक्रमण अहिले काठमाडौँ उपत्यकामा पनि देखिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमखु डा.विवेकलालका अनुसार उपत्यकाको अस्प्तालबाट हिजोसम्म आएको रिर्पाेटमा ५५ जनामा डेङ्गूको संक्रमण भेटिएको र त्यसमध्ये २३ जनाको ठेगाना काठमाडौँ रहेको बताए । 

प्रमुख डा.लालले रातोपाटीसँग कुरा गर्दै भने, ‘बाहिरबाट पनि उपचारको लागि काठमाडौँमा आएको हुँदा सबै बिरामी काठमाडौँकै भन्न नमिल्ने भन्दै २३ जनाको भने काठमाडौँको ठेगाना रहेको हुँदा काठमाडौँमा पनि देखिएको हो ।’

सय जनामा डेङ्गूको संक्रमण भएपनि ७५ देखि ९० प्रतिशत संक्रमण सुरुको अवस्थामा थाहा नहुने हुँदा समस्या भएको प्रमुख डा.लालले बताए ।  हाल नेपालको सुनसरी, मोरङ, झापा, कास्की, चितवन, कैलाली र काठमाडौँ उपत्यका लगायतको स्थानमा डेङ्गूको संक्रमण देखिएको छ । 

डेङ्गू संक्रमण विश्वव्यापी समस्या भएको हुँदा नियन्त्रणको लागि सबैभन्दा पहिला नागरिकनै सचेत हुनुपर्ने सरकारको भनाई छ । नेपालको शहरी क्षेत्रमा पर्याप्त मात्रामा खानेपानीको व्यवस्था नहुनु, फोहोर मैलाको   व्यवस्थापन समयमा नगर्दा नै डेङ्गू संक्रमण फैलिएको महाशाखाको भनाई  छ ।   
  
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.