रसुवागढीमा कन्टेनर डिब्बा जलेर नष्ट

रसुवा– चालू लाइनको तार एकआपसमा जुध्दा विद्युत् प्रवाह भएका कारण सीमावर्ती क्षेत्र रसुवागढीमा आज बिहान एक कन्टेनर डिब्बा जलेर नष्ट भएको छ ।
सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजश्व गस्ती २१ नम्बर गुल्म टिमुरेका गुल्मपति एवं प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाका अनुसार सामान लिनका लागि चीनको केरूङ जाने लाइनमा पर्किङ गरी राखिएको ना३ख ४८७३ नम्बरको कन्टेनर डिब्बा मितेरी पुल र घट्टेखोलाबीच रसुवागढी छेउकै राजमार्गमा जलेको हो ।
हावाका कारण गढीक्षेत्रको प्रसारण लाइन एकआपसमा जुध्न जाँदा विद्युत्लाइन मुनि पार्किङ गरी राखिएको कन्टेनर डिब्बाको छतमा विद्युत्को तारले छोएपछि एक्कासी निस्केको आगोले जलेर नष्ट भएको बताइएको छ ।
कन्टेनरमा लागेको आगो नियन्त्रका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा जुटे पनि नजिकमा पानीको स्रोत तथा दमकलको व्यवस्था नहुँदा आगो नियन्त्रण गर्न कठिनाइ पर्न गई डिब्बा पूरै जलेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
विद्युत् प्राधिकरणले खम्बामा तारको राम्रो व्यवस्थापन गर्न नसकेका कारण थोरै हावाले पनि विद्युत् तार जुध्ने समस्या जटिल हुँदै गएको र चालू विद्युत्को तारमुनि सवारी साधन पार्किङ गर्नु सवारी चालककोसमेत गल्ती भएको स्थानीय बासिन्दाले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ