मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान
कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आज बेलायत प्रस्थान गरेका छन् । बेलायतस्थित तमू धीं नामक संस्थाले सन् २००९ देखि सञ्चालन गर्दै आएको नेपाली मेलामा सहभागी हुन उनी धर्मपत्नी कुमारीमुनी गुरुङसँगै त्यसतर्फ प्रस्थान गरेका हुन् ।
‘हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित आगामी आइतबारदेखि शुरु हुने नेपाली मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथिका रुपमा त्यसतर्फ गएका हुन् । बेलायत बसाइका क्रममा उनले नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा सहभागी हुनाका साथै स्वदेशमा लगानीका लागि नेपालीहरूलाई आग्रह गर्नुहुने र नेपाल भ्रमण वर्षका लागि वातावरण बनाउनुहुने बताइएको छ ।
मुख्यमन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुहुने उनका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले बताए । मुख्यमन्त्री गुरुङ यही भदौ १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री