राजतन्त्र फाले पनि राजतन्त्रात्मक प्रवृत्ति फाल्न सकिएनः प्रदीप पौडेल

काठमाडौं– नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले मुलुकबाट राजा फालिए पनि राजतन्त्रात्मक प्रवृत्ति फाल्न नसकिएको बताएका छन् । ‘नाइन सेभेन सेभेन भेन्चर्स’ ले शुक्रबारबाट भृकुटी मण्डपमा सुरु गरेको ‘नेपाल एजुकेसनल फेस्टिभल’ को उद्घाटन गर्दै नेता पौडेलले मुलुकमा अहिले पनि राजतन्त्रात्मक प्रवृत्ति यथावत् रहेको बताएका हुन् ।
मुलुकले नयाँ संविधान प्राप्त गरे पनि नयाँ प्रवृत्तिको राजनीति प्राप्त गर्न नसकेको उनको भनाइ थियो । ‘मुलुकले नयाँ संविधान प्राप्त गर्यो, तर नयाँ प्रवृत्तिको राजनीति प्राप्त गर्न सकेको छैन । हामीले राजा फाल्यौं तर राजतन्त्रात्मक प्रवृत्तिलाई फाल्न सकेका छैनौं,’ नेता पौडेलले भने, ‘हामीले मुलुकको सही गन्तव्य अहिले पनि पहिल्याउन सकेका छैनौं । मुलुकको प्राथमिकता हामीले अहिले पनि छुट्याउन सकिरहेका छैनौं ।’
उनले समृद्धिको शब्द वाचन गरेर मुलुकले समृद्धि प्राप्त गर्न नसक्ने भन्दै समृृृद्धिका लागि विशेष योजना ल्याउन आवश्यक रहेकोमा जोड दिए । राजनीतिले समाजको वास्तविक विषयहरुलाई उठाउन नसकेका कारण समाज एकातिर र राजनीति अर्कोतिर गइरहेको पौडेलले बताए ।
उनले कुनै पनि दलको नाम नलिएरै अब राजनीतिमा नयाँ नेतृत्व आवश्यक रहेकोमा जोड दिए । नयाँ, निरन्तरता नभएको तर विषयहरु धेरै भएको, समाजलाई बुझेको, समस्यामात्रै उठाउन सक्ने नभएर समाधान दिनसक्ने नेतृत्व नेपाली राजनीतिलाई आवश्यक परको नेता पौडेलको भनाइ थियो ।
‘राजनीतिले समाजको वास्तविक विषयहरुलाई उठाउन सकेको छैन् । समाज एकातिर राजनीति अर्कोतिर छ । राजनीतिमा त्यसकारण पनि नयाँ नेतृत्व आवश्यक छ,’ पौडेलले भने, ‘देशलाई चाहिएको कुरा जसले गर्न सक्छ त्यो नेतृत्वमा आउन सक्छ । लामो समय निरन्तरता दिएको, जेलनेल बसेको, पार्टीमा धेरै अगाडिदेखि लागेको मान्छेले मात्रै नेतृत्व लिन सक्न भन्ने कुरा अब विस्तारै गलत हुँदै गइरहेको छ ।’
नेपालको राजनीतिलाई चाहिएको नेतृत्व युवा माझबाट आउनुपर्ने उनको आशय थियो । मुलुकले युवा समुदायबाट राजनीतिक नेतृत्व खोजिरहेकाले युवाले राजनीति प्रति चासो राख्नुपर्ने उनको भनाइ थियो ।
‘हामीलाई चाहिएको नेतृत्व युवाबाट आउन जरुरी छ । त्यसकारण युवा समुदायले राजनीति प्रति चासो राख्न आवश्यक छ । युवा समुदाय हिजोभन्दा धेरै योग्य छ । हिजो यही उमेरका मान्छेहरु यति योग्य हुनुहुन्थेन, पौडेलले भने ।
नेपालमा शिक्षाको विकास भएका कारण र नेपालमै गुणनस्तरीय शिक्षा प्राप्त गर्ने अवसर भएका कारण युवा जनशक्ति हिजोभन्दा चेतनशील, सचेत र योग्य स्थितिमा रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा