बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद र कर्मचारीहरुद्वारा चाबहिल-साँखु सडकखण्डको अवलोकन (फोटोफिचर)

शुक्रबार, ०६ भदौ २०७६, १४ : ३६
शुक्रबार, ०६ भदौ २०७६

काठमाडौं– संसदको विकास तथा प्रविधि समितिले काठमाडौंको चाबहिल साँखु सडक खण्डको स्थलगत अवलोकन गरेको छ ।  शुक्रबार समितिकी सभापति कल्याणी खड्कासहित सांसदहरु, सडक आयोजनाका कर्मचारीहरु सहितको टोलीले सो सडकखण्डको अवलोकन गरेको हो । 

अवलोकनका क्रममा समितिकी सभापति कल्याणी खडकाले बौद्ध प्रहरी कार्यालयको सडकतर्फको भवनको भाग भत्काउन निर्देशन दिएकी छिन ।  सो सडक खण्डमा परेका घरहरुले मुआब्जाको माग गर्दै सडक बिस्तारमा असहयोग गर्दै आइरहेका छन् ।

मुआब्जाको माग गर्दै सडक छेउमा घर भएका स्थानीय अदालत गएपछि मुआब्जा दिएर मात्र घर भत्काउन आदेश दिएको थियो । २ बर्षअघि नै कालोपत्रे भैसक्नु पर्ने सो सडकखण्डको सडक खण्डको ५० प्रतिशत काम हुन सकेको छैन । 

शुक्रबार भत्काउन बाँकी रहेका घरहरु, सडकको दूरावस्था र काम सम्पन्न भएका क्षेत्रको अवलोकन गरिएको छ ।  समयमा सडक बिस्तार हुन नसक्दा हिलो र धुलोबाट स्थानीयले सास्ती पाएका छ्न् । 
यस्तो छ सो सडक खण्डको अवस्था (फोटोफिचर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप