घट्यो चिया निकासी
![घट्यो चिया निकासी](https://rpcdn.ratopati.com/media/albums/tea_rouirsm_ilam_cDQf6LvZ6u.jpg)
इलाम– विदेशबाट नेपाल आयतित वस्तु वर्षेनी बढिरहेका बेला नेपालबाट बाहिर निर्यात हुने नगदे बाली चिया भने घटेको देखिएको छ । देशको पूर्वी क्षेत्रमा उत्पादित चिया आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा घटेको तथ्याङ्कले देखाएको छ ।
देशको व्यापार सन्तुलन कायम गर्न महत्वपूर्ण हिस्सा राख्ने चिया निर्यात घट्दा भने व्यापार सन्तुलन गर्नसमेत समस्या हुने देखिन्छ । आव २०७४/७५ को भन्दा २०७५/७६ मा एक दशमलब पाँच प्रतिशतले घटेको देखिन्छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका तथ्याङ्कअनुसार आव २०७४/७५ मा एक करोड ५६ लाख ८४ हजार ५४४ केजी चिया निर्यात भएकामा गत आव २०७५/७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ केजी निर्यात भएको तथ्याङ्कले देखाउँछ । यसरी हेर्दा गत आवमा ६४ हजार ७४८ किलो चिया निकासी कम भएको देखिन्छ ।
सरकारले चियाका लागि पर्याप्त युरिया मल उपलब्ध नगराउनु, पर्याप्त श्रमिक नहुनेलगायत समस्या भएकाले चिया निकासी घटेको चिया उद्यमी उदय चापागाईं बताउँछन् । ‘सरकारले चियासम्बन्धी स्पष्ट नीति नल्याएकाले पनि चियामा नैराश्यता बोध भएको हो’, चापागाईंले भने,‘आन्तरिक खपत बढेकाले पनि निकासी घटेको हुन सक्छ । सरकारले प्राङ्गरिक चिया प्रवद्र्धन गर्न नसक्नु र चिया किसान–श्रमिकलाई प्रोत्साहित गर्न नसक्नाले पनि यो समस्या भोग्नुपरेको हो ।’
उनका अनुसार गुणस्तरीय चिया उत्पादन गरेमा बाहिरी खपत बढ्ने र आम्दानीसमेत बढ्ने देखिन्छ । नेपालमा १६ हजार ३६ मेट्रिक टन चिया सिटिसी उत्पादन हुने गरेको छ भने अर्थोडक्स दुई हजार ६७० मेट्रिक टन, २२० मेट्रिक टन ग्रीन टी र स्पेसियल टी ३२ मेट्रिक टन तयारी चिया उत्पादन हुने पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
-
इजरायलमा बिपिन जोशीको सुरक्षित मुक्तिका लागि अपिल
-
जनयुद्ध हिंसा थिएन, हिंसा तत्कालीन राज्य व्यवस्थाले गरेको थियो : शर्मा
-
लागुऔषधसहित दुई जना नियन्त्रणमा