शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द समूहका कास्की जिल्ला इन्चार्ज पक्राउ

शुक्रबार, ०६ भदौ २०७६, १२ : ५०
शुक्रबार, ०६ भदौ २०७६

कास्की– नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला इन्चार्जसहित दुई जनालाई आज बिहान ८ः०० बजे  पोखरा महानगरपालिका–२७ शिसुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । 

पक्राउ परेका अर्का एक जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । वाग्ले तनहुँबाट केही हप्ताअघि मात्र सो समूहको जिल्ला इन्चार्जको जिम्मेवारी लिएर यहाँ खटिएका बुझिएको छ । पक्राउ परेकाका बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । सो समूहका जिल्ला सेक्रेटरी सुजन विकसमेत गत महीना पक्राउ परिसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप