पक्राउ परेका विप्लव समूहका जनपरिषद् प्रमुख ७१ वर्ष, यस्तो थियो मुद्दा
शुक्रबार, ०६ भदौ २०७६, १२ : ०६

बुटवल । युवाहरुको जमात रहेको बताइने नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आवद्ध ७१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
नवलपरासी प्रहरीले पश्चिम नवलपरासीका जिल्ला जनपरिषद् प्रमुख ७१ बर्षीय प्रेम प्रसाद ढकाल (पृथ्वी) लाई पक्राउ गरेको हो । जिल्ला स्तरमा सक्रिय रहेका ढकालको उमेर पछिमात्र खुलेको हो ।
ढकाललाई २०७५ साल फागुन २९ गते सो पार्टीको नेपाल बन्दको पूर्वसन्ध्यामा राजमार्गमा दुईवटा ट्रकमा आगो लगाई संगठित अपराध मुद्धामा फरार रहेकोले पक्राउ गरिएको पश्चिम नवलपरासीका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
सुनुवल –१३ मा डेरा गरि बस्ने ढकाललाई सुनुवल इलाका प्रहरी कार्यालयको टोलीले सोही स्थान नजिकैबाट पक्राउ गरेको हो । उनी जिल्ला कमिटी सदस्य समेत रहेको डीएसपी थापाले बताए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु, २ जना घाइते
-
शिक्षकहरूले आज सिट्ठी फुकेर प्रदर्शन गर्दै
-
अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार ‘गायब’, अल कायदाको हातमा परेको आशंका
-
राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मुख्यमन्त्री कप भलिबल आजदेखि, प्रथम हुनेले तीन लाख पाउने