केन्द्रीय संस्करण

२२ चिकित्सकले दिए सामूहिक राजीनामा

person explore access_timeभदौ ६, २०७६ chat_bubble_outline1

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २२ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीबाट बारम्बार धम्कीसँगै मानसिक तनाव खेप्नुपरेको भन्दै प्रतिष्ठान दाङका २५ जनामध्ये २२ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् । 

चिकित्सकहरुले उपकूलपति डा. संगीता भण्डारीले बारम्बार अनुचित बहानामा स्पष्टीकरण सोध्ने, बर्खास्ती, धम्कीलगायत मनोबल खस्काउने खालका दबाब दिएका कारण शारिरीक तथा मानसिक रुपमा विक्षिप्त भएर काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै राजीनामा बुझाएका हुन् ।

उपकुलपतिलाई पटक—पटक काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दा पनि बेवास्था गरेपछि यस्तो समस्याको बीचमा स्वास्थ्य सेवा प्रदान गर्न नसक्ने भन्दै राजीनामा दिएको पत्रमा उल्लेख गरिएको छ । 

राजीनामा दिनेहरुमा फिजिसियन चिकित्सक जित नारायण यादव र दिनेश उप्रेती, आर्थाेपेडिक चिकित्सक ओम अर्याल, अनिल प्रसाद यादव र सागर पन्थी, रेडियोग्राफी डा.रामेश्वर देवकोटा, नाक, कान, घाँटी सर्जन डा.बिक्रम बुढाथोकी, एनेस्थेसियालोजिष्ट डा. सुरेन्द्र कुँवर र डा. राजन शाक्य रहेका छन् । 

यस्तै पेडियाट्रिकस डा. कुष्णहरी सुवेदी, गाईनोलोजिष्ट डा.बसन्त लामिछाने, डा. सर्जन ईश्वरी भुषाल, डा याम, डि.जि.पि डा.अमित लाम्गाडे, डर्माटोलोजिष्ट डा. जेम महर्जन, कमिनिटि मेडिसियन डा. वर्षा मानन्धरले पनि राजीनामा दिएका हुन् । 

त्यस्तै राजीनामा दिनेमा १० जना मेडिकल अधिकृत पनि रहेका छन् । डा. अभ्यास पोख्रेल, डा. कृष्ण रिजाल, डा. गौरव आचार्य, डा. अनिल खाम, डा. घना केसी, डा. राजेन्द्र फुलारा, डा. प्रितम डि.सी, डा. आयुष पौडेल, डा. सुवर्ण बुढा र डा. मनोज यादव रहेका छन् । 
 

कमेन्ट

  1. Aug. 23, 2019, 1:46 p.m. om roka
    सरकारी जागिर भन्दा कमाउ धन्दामा लिप्त नेपाली स्वास्थ क्षेत्रमा यो देखिनु कुनै नौलो कुरा होइन यहाँ नाम आएका सबै जसो आ-आफ्नै ब्यापार छन र होलान पनि उनिहरु जनताले तिरेको करवाट तलब खान्छ्न भने काम नि राम्रो शीत गर्नु पर्छ कि नै ? मलाइ त लाग्छ यिनिहरुको राजिनामा स्वीकृत गरे हुन्छ किनकी यस्ता डाक्टर सापहरु थुप्रै बेरोजगारी छ्न नेपालमा ! कम्सेकम तिनिहरुले जागीर त पाउथे 🙏
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...