शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दलितलाई तिमी !

शुक्रबार, ०६ भदौ २०७६, ०६ : ३९
शुक्रबार, ०६ भदौ २०७६

वडाध्यक्षले अरुलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारले चित्तदुखाइ छ ।

‘निर्वाचित हुनुअघि वडाअध्यसँग खासै चिनजान र हेलमेल पनि थिएन,’ उनले भनिन्, ‘उहाँ अरु सबै सदस्यलाई तपाईं भन्नुहुन्छ, मलाई भने ‘तिमी’ भन्नुहुन्छ ।’ आफू दलित भएकैले हेपेर सम्बोधनमा विभेद गरिएको उनको बुझाइ छ ।

वडाध्यक्ष्ँ प्रकाश पौडेलले आफूहरुसँग सरसल्लाह नै नगरी काम गर्ने गरेको समेत परियारले गुनासो गरिन् । 

परियारका अनुसार दलित विद्यार्थीलाई पोसाक वितरण कार्यक्रमको उनी संयोजक थिइन् । वडामा १ लाख रुपैयाँबराबरको विद्यालय पोसाक बाँड्ने योजना थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा दीपक परियारले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप