काठमाडौँ उपत्यकामा डेंगी फैलियो, कस्तो लामखुट्टेले टोक्दा लाग्छ यो रोग ?
शुक्रबार, ०६ भदौ २०७६, ०६ : २५
साउन अन्तिम साता काठमाडौँ उपत्यकामा देखिएको डेंगी संक्रमण बढ्ने क्रममा रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
बुधबारसम्ममा काठमाडौँमा १७ जनामा डेंगी संक्रमण प्रमाणित भएको तथ्यांक महाशाखामा प्राप्त भएको छ ।
अन्यत्रबाट रेफर भएर आएका बिरामीसहित यो संख्या ४९ पुगेको महाशाखाका प्रवक्ता घनश्याम पोख्रेलले बताए ।
चिकित्सकका अनुसार एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट मानिसमा डेंगी संक्रमण हुन्छ । यो लामखुट्टे कालो र सेतो मिसिएको छिर्केमिर्के हुन्छ । डेंगी भाइरस संक्रमित भएका लामखुट्टेले टोकेको अवस्थामा मानिसलाई पनि यो संक्रमण हुन्छ । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वर्षमा एक हजार ६ सय ६६ अनलाइन सूचीकृत
-
संविधानमा आदिवासी जनजातिका हक सुनिश्चित : सभामुख
-
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु
-
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच सकारात्मक छलफल, मंगलबार पुनः बैठक बस्ने
-
मन्त्रिपरिषद् बैठक : अध्यादेशका नियमावली पारित
-
दुधकोशी चुहार–फलाम ढुङ्गा–घोरेटार सडक कालोपत्र सुरु