शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाको हत्या गरेर फरार व्यक्ति समातिए

बिहीबार, ०५ भदौ २०७६, २३ : ५८
बिहीबार, ०५ भदौ २०७६

सिन्धुपाल्चोक– महिलाको हत्या गरेर फरार एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय मेलम्चीका इन्सपेक्टर महेन्द्र दर्नालको नेतृत्वमा खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोक साबिक थकनी गाबिस वडा नं ६ भई हाल मेलम्ची नगरपालिका वडा नम्बर ४ बस्ने तोक्सानी तामाङको हत्या गरेको आरोपमा फरार अभियुक्त उदयपुर साबिक बसाह गाबिस वडा नंम्बर ५ का  श्याम बाबु तामाङलाई पक्राउ गरेको हो । 

अभियुक्त तामाङले साउन २८ गते तोक्सानी तामाङको घर निर्माण गरेको ज्याला ३२ हजार रुपैया नपाएको झोँकमा उनको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ । 

 उनको खोजतलास गर्दै जाने क्रममा मेलम्ची नगरपालिका वडा नम्बर १३ स्थित छापभन्ज्याङबाट पक्राउ गरिएको इन्सपेक्टर दर्नालले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप