नेपालको पहिलो खेल माल्दिभ्ससँग
बिहीबार, ०५ भदौ २०७६, २३ : २७
काठमाडौं-तेस्रो साफ यू–१८ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहिबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल माल्दिभ्ससँग परेको हो । च्याम्पियनसिप असोज ३ देखि १२ गतेसम्म काठमाडौंमा हुँदैछ । च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ ।
नेपालको समूहमा माल्दिभ्स र भुटान रहेका छन् । नेपालले दोस्रो खेल भुटानसँग असोज ५ गते खेल्नेछ । हल्चोक स्थित शसस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने प्रतियोगिताको अर्को समूहमा बंगलादेश, भारत र श्रीलंका रहेका छन् । पाकिस्तानले अन्तिममा भाग नलिने जानकारी दिएपछि साफले नयाँ खेल तालिका निकालेको हो । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने