विना इजाजत बालबालिका राखेको आरोपमा ३ जना पक्राउ

काठमाडौं-महानगरीय प्रहरी वृत्त स्वयम्भु,बालवालिका खोजतलास केन्द्रभृकुटीमण्डप,राष्ट्रिय बालअधिकार परिषद पुल्चोकले विना इजाजत बालबालिका राखेको आरोप ३ जनालाई पक्राउ गरेको छ । नमुना प्रगतिशिल महिला समाज नामकसंस्था खोली बालबालिका राखेको अभियोगमा सोही संस्थाका आरोप ३ जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ वाफल बस्ने ४६ वर्षीय सुजित रायमाझी वर्ष ४२ का रत्न परियार, वर्ष ४८का प्रताप राना रहेको बताए ।
डिएसपी सुवेदीका अनुसार नागार्जुन नगरपालिका९४ वाफलस्थित उक्त संस्थामा विभिन्न जिल्लाबाट बालबालिकाहरु ल्याई राखेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको वताए । प्रहरीले उक्त संस्था वाट ९ जना बालबालिकाहरु उद्धार गरेको छ । उद्धार गरिएका बालबालिकाहरुलाई बालहेल्पलाईन कलंकी राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत