‘जुवा खेलाउन दिनुपर्यो’ भन्दै पुलिसलाई घुस दिएपछि...

भक्तपुर– महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा खेलाउन सहज बनाइदिनुपर्यो भनि घुस दिन खोज्ने एकजना पुरुषलाई पक्राउ गरेको छ । बिहिबार दिउँसो ३ः ३० बजे सिन्धुपाल्चोक, चौतारा घर भई हाल भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नम्बर १ बस्ने ५६ वर्षका गंगालाल श्रेष्ठलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गैरकानूनी रुपमा जुवा तास खेलाई रहेको अवस्थामा श्रेष्ठ केही समय अगागी पक्राउ परेका थिए । पक्राउ परेर कानुनी कारवाही भई छुटेपश्चात उनले जुवा खेलाउन सहज बनाई दिनुपर्यो भनि प्रहरीलाई घुस दिएको बुझिएको छ ।
श्रेष्ठले जुवा खेलाउन सहज बनाइदिनुपर्यो भनि परिसर भक्तपुरका प्रहरी निरीक्षक कृष्णप्रसाद बिष्टले घुस दिएका थिए । प्रहरी निरिक्षक विष्टलाई घुस बापत नगद रु चालिस हजार दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको परिसरका सूचना अधिकारी प्रवक्ता डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिएका छन् ।
बिष्टले आफुलाई घुस दिएको बारेमा कार्यालयमा जानकारी गराएपश्चात श्रेष्ठ र उनले दिएको नगदसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी लगेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानलाई उछिनेर क्यालिफोनिर्या बन्यो चौथो ठुलो अर्थतन्त्र
-
प्रचण्डलाई गोरखामा ऊनको हाफकोट उपहार
-
वार्ता चाहेको हो भने ट्यारिफ रद्द गर: चीन
-
गाजामा इजरायली आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु
-
पाकिस्तानी हिन्दुहरूको भिसाबारे भारतको विदेश मन्त्रालयले दियो यस्तो स्पष्टीकरण
-
‘गर या मर’ को स्थितिमा चेन्नई र हैदराबाद, हार्ने टोली उपाधि होडबाट बाहिरिने