शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘जुवा खेलाउन दिनुपर्यो’ भन्दै पुलिसलाई घुस दिएपछि...

बिहीबार, ०५ भदौ २०७६, १९ : ३२
बिहीबार, ०५ भदौ २०७६

भक्तपुर– महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा खेलाउन सहज बनाइदिनुपर्यो भनि घुस दिन खोज्ने एकजना पुरुषलाई पक्राउ गरेको छ ।  बिहिबार दिउँसो ३ः ३० बजे सिन्धुपाल्चोक, चौतारा घर भई हाल भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नम्बर १ बस्ने ५६ वर्षका गंगालाल श्रेष्ठलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार गैरकानूनी रुपमा जुवा तास खेलाई रहेको अवस्थामा श्रेष्ठ केही समय अगागी पक्राउ परेका थिए ।  पक्राउ परेर कानुनी कारवाही भई छुटेपश्चात उनले जुवा खेलाउन सहज बनाई दिनुपर्यो भनि प्रहरीलाई घुस दिएको बुझिएको छ । 

श्रेष्ठले जुवा खेलाउन सहज बनाइदिनुपर्यो भनि परिसर भक्तपुरका प्रहरी निरीक्षक कृष्णप्रसाद बिष्टले घुस दिएका थिए । प्रहरी निरिक्षक विष्टलाई घुस बापत नगद रु चालिस हजार दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको परिसरका सूचना अधिकारी प्रवक्ता डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिएका छन् । 

बिष्टले आफुलाई घुस दिएको बारेमा कार्यालयमा जानकारी गराएपश्चात श्रेष्ठ  र उनले दिएको नगदसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी लगेको प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप